सुवास बि. के., टोरोन्टो
July 7, 2009
एक सानो गाउँको झुपडीबाट
भाग्दा भाग्दै अहिले त निकै टाढा पो भागी सकेको रहेछु
मलाई थाहानै पो भएन छ
किन म एसरी बिरानो ठाउतिर भागी रहेको छु
कुन चीजको कमी थियो र ममा !
आखिर एक पेट खान र चार पहर रात बिताउने सवालमा !!
कतै लाग्दै छ मलाई भाग्दै छु यसरी
मवत्वकांक्षाले, नाचाहिदो , प्रतिस्पर्धाले असीम लोभले !
कतिदिन यसरी भागी रहने, आखिर एक दिन पक्कै आइहाल्छ नि
त्यो दिन, जीबनको अन्तिम दिन!
डर लगी रहेको छ कतै भाग्दा पुल त छिनीने होइन,
कतै टेकेको जमीन नै भासिने त होइन !
आत्मीय बस्तुहरु देखि कति टाढा भै रहने!
" संतोषम परम सुखं" को पाठ भुलेको म यात्री
किन म भागी रहेको छु मलाई थाहा छैन, म मा नियन्त्रन छैन!
बिडम्बना!
कतै लाग्दै छ मलाई म भागी रहेको छु केवल रोगको पिडाले, त्यो गरिबिको रोग रोगको
ओखातिको खोजीमा पक्कै पनि म यसरी भागी रहेको!
औषधि त धेरै पत्ता लागी सके तर किन हो औषधिको खोजी हुन नसकेको!!
बिडम्बना, कसले निम्त्यायो यो भयानक रोग!
कति मात्र सहने राष्ट्रले यो कहाली लाग्दो भोग!!!
(Subash BK is residing in Toronto and actively involves in community works and well known as Dalit activist.)