Make NCN your homepage

THE POET'S CORNER

म भागी रहेको यात्री

Views>>sunyata chha ...

शुन्यता छ

हेमन्त दाहाल

हाल यहाँ शुन्यता छ,
एक दुई, एक दुई गरेर,
औंला भाँचेर पनि आँक्न सकिने,
मान्छे हिँडेको आवाज,
जुत्ताको टक टक, वा
उसले लगाएको लुगाको
सयलताबाट
प्रष्टै थाहा हुन्छ,
कुनै यात्री अझै पनि
आफ्नो गन्तब्यको निमित्त
र त्यसलाई
तय गर्नको निमित्त
यतै तर्फ आउँदैछ ।
केही घण्टा अघि मात्र हो,
यहाँ एकदमै भीड्भाड थियो ।
दिन फेरिएको छैन,
घडीले एक घण्टामात्र पनि,
राम्रो बिताएको छैन,
कुनै वस्तुको स्थितिमा पनि
त्यस्तो परिवर्तन आएको होइन ।
म जहाँको तहीँ छु,
मेरो काममा पनि कुनै परिवर्तन
आएको छैन ।
मैले आफ्नो लुगा पनि फेरेको छुइन ।
न मेरो बोल्नुपर्ने कुरामा नै,
अन्तर आएको छ ।
खाली समय मात्र
अघि बढेको हो,
यात्रीहरु आफ्नो यात्राको निमित्त,
सुरक्षा जाँच चौकी पार गरेर,
त्यसभन्दा भित्र गइसके ।
अब एक-दुई यात्रीहरु मात्र
केही ढिलो भएका होलान् ।
प्राय सबैजसो नै
अघि नै प्रवेश गरिसकेको हुनाले,
अनि समयमा पनि
रात्री प्रवेश गरिसकेको हुनाले,
तथा,
आजका सबैजसो उडानहरु
यहाँबाट,
उडिसकेका हुनाले,
रात्रीको दश बजेनै,
यस डोर्भाल एयरपोर्टको
आन्तरिक कक्षमा,
अहिले एकदमै शुन्यता छ ।
भोलिको दिनमा पुन:
खचाखच हुनेगरी,
यात्रीहरुको यात्रामा
सहयोग गर्नेगरी,
र उनीहरुको
गन्तब्य तय गर्नमा
महत्वपूर्ण भूमिका
निभाउनेगरी,
तथा,
सम्पूर्ण कामदारहरुको
दैनिक कार्य
पूर्णगर्ने अवसर
प्रदान गर्नेगरी,
आजलाई यहाँ शुन्यता छ,
हाल यहाँ एकदम शुन्यता छ ।

२४ अगष्ट २००२, डोर्भाल एयरपोर्ट